मन्त्रिमण्डल हेरेफेरबारे अध्यक्षद्वयको राष्ट्रपतिसँग परामर्श

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 11:28:13 AM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गर्न नेकपाका अध्यक्षद्वय राष्ट्रपति निवास पुगेका छन् ।  बिहान वान टु वान छलफल गरेका अध्यक्षद्वय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका हुन्।

शितल निवासमा राष्ट्रपतिसंग भएको छलफलमा अध्यक्षद्वयले मन्त्रिमण्डल हेरफेर गर्न लागेको जानकारी गराएका छन्। साथै यस विषयमा परामर्श समेत लिएका छन् ।

राष्ट्रपतिसँगको परामर्शपछि नेकपाको सचिवालय बैठक बस्ने तयारी छ । बैठक मध्यान्ह १२:३० मा बोलाईएको छ । बैठकले बाहिरिने मन्त्री र नयाँ बन्ने मन्त्रीको नाम टुंगो लगाउने जनाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सम्ममा नै मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् । 

को को छन् बिदाई पाउने र भित्रिनेको सूचीमा ?

बिदाई पाउनेमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, कृषिमन्त्री चक्रपाणी खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगर, आपूर्तिमन्त्री मातृका यादव तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी रहेका छन। 

नयाँ मन्त्रीहरुको सुचिमा सोम पाण्डे, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, महेस बस्नेत छन। त्यस्तै तत्कालिन माओवादि कोटाबाट देबेन्द्र पौडेल र प्रभु शाहको पनि चर्चा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved