उपसभामुखले मानिनन् प्रधानमन्त्रीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 02:09:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा दिन र त्यसपछि मन्त्री बनाउने आश्वासन दिएका छन् । 

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा छन् । यही क्रममा उनले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेका थिए । तर तुम्बाहम्फेले भने प्रधानमन्त्रीको आग्रह अस्वीकार गरेकी छिन् । ‘सभामुख पनि नरहेकाले संसद खाली नगरौं’ भन्दै उनले राजीनामा दिन अस्वीकार गरेकी हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved