मन्त्रिमण्डल पुनर्गठन हुँदै, ४ मन्त्री हट्ने पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 04:06:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चार मन्त्री हट्ने र केहीको जिम्मेवारी हेरफेर हुने पक्का भएको छ । नेकपा सचिवालयको बैठक जारी छ । उच्च स्रोतले दिएको जानकारी अनुसार तत्कालिन माओवादी केन्द्रबाट मन्त्री बनेका कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ ।

तत्कालिन एमालेबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएपनि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक मन्त्री हट्न सक्ने बताईएको छ । तर अन्तिम टुंगो भने लागिसकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved