महिला मन्त्रालयमा पुरुषमन्त्री !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 12:23:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन्। 

सरकार संचालनको २१ महिनामा भएको मन्त्रिपरिषद् पुनर्गठन हुँदा दुई मन्त्रीको मन्त्रालय हेरफेर, ८ बर्खास्त र ९ जना नियुक्त भएका छन। मन्त्रिपरिषद् पुनर्गठन हुँदा प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा अनौठो संयोग देखिएको छ। 

प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई बर्खास्त गरेर उनको ठाउँमा दोलखाका सांसद पार्वत गुरुङलाई जिम्मेवारी दिइएको छ। महिला मन्त्रालयमा पुरुषलाई मन्त्री बनाइएको बिषयले बजारमा धेरैको ध्यान खिचेको छ। 

त्यसो त पार्वत गुरुङ ज्यान मार्ने उद्योगको आरोप लागेर साधारण तारेखमा रिहा भएका व्यक्ति हुन्। कात्तिक ३ गते आइतबार काठमाडौं जिल्ला अदालका न्यायाधीश पुणेश्वर प्रसाद उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाएको थियो ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved