नवनियुक्त मन्त्रीले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 12:52:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त छ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अबेर मन्त्रिपरिषद हेरफेर गरेका थिए । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाललाई स्वास्थ्य मन्त्रालय दिएका छन। यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।     

त्यस्तै प्रधानमन्त्री ओलीले भौतिकपूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाएका छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ। कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । 

 प्रधानमन्त्री ओलीले नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी,पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् । नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने भुसाललाई कृषिमन्त्री, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ। त्यस्तै रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री, भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन। 

राज्यमन्त्रीमा तीन जनाको इन्ट्री

यस्तै माेती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।

यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो. इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको जिम्मेवारी यथावत छ।

। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved