सर्वोच्चको फैसलाले एनसेलको १७ अर्ब ९५ करोड जोगियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 04:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले एनसेलको सेयर स्वामित्व बिक्रीवापत २१ अर्ब १० करोड रुपैयाँमात्र पूँजीगत लाभकर तिर्नुपर्ने फैसला सार्वजनिक गरेको छ । सर्वोच्चको फैसला अनुसार एनसेलले अब पूँजीगत लाभकरवापत जम्मा २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ मात्रै कर तिर्नुपर्ने भएको छ । 

ठूला करदाता कार्यालयले गत वैशाखमा एनसेलले पूँजीगत लाभकरवापत ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ तिरेको र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बाँकी रहेको भन्दै पत्राचार गरेको थियो । तर ठूला करदाताको उक्त निर्णय विरुद्ध एनसेल सर्वोच्च गएको थियो । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र ड।। मनोजकुमार शर्माको बृहत इजलासले एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोडमा सिमित गरिदिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved