सरकारका २२ निर्णयः सीमा निरीक्षणदेखी नागरिकता खारेजीसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 06:08:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भारत र चीनतर्फका सीमा नाकाहरुको निरीक्षण गर्ने निर्णय गरेको छ । ३ महिनाभित्र प्रतिवेदन पेश गर्नेगरी नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण गर्न मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको छ । 

उक्त समितिले भारत र चीनतर्फका सीमा अतिक्रमण भए–नभएकोबारे अध्ययन गरेर प्रतिवेदन तयार गर्ने छ । समितिमा परराष्ट्र, गृह, भूमिसुधार मन्त्रालयका प्रतिनिधि रहने छन् । समितिलाई सीमा स्तम्भ हराए–नहराएको यकीन गर्न, मौसम अनुकुल हुनासाथ काम गर्न आदेश दिईएको सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यस्तै बैठकले जबरजस्ती करण मुद्दाका चार पीडितलाई राज्यले अभिभावक्त्व ग्रहण गर्ने निर्णय गरेको छ । सरकारले लोचन कुमारी हरलालक, जयप्रकाश अग्रवाल र रञ्जितकुमार अग्रवालको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरेको छ ।

त्यसैगरी नेपाली सेनाका ६१ जना रथी र अधिकृतको सरुवा गरेको छ भने प्राविधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी दर्जामा र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथीमा पदोन्नति गरेको छ ।

यस्ता छन् निर्णयः 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved