उपेन्द्र यादवको पार्टी सरकारबाट बाहिरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2019 | 08:13:31 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाह बिना नै आफ्नो मन्त्रालयको जिम्मेवारी अर्कालाई दिएपछि उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाड्ने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठन हुनुअघि स्वास्थ्य एवम् उपप्रधानमन्त्री रहेका यादवलाई प्रधानमन्त्रीले कानुन मन्त्री बनाएपछि यादवले असन्तुष्टि जनाएका हुन् । 

मन्त्रिमण्डल पुनर्गठन हुँदा दिल्लीमा रहेका यादवले प्रधानमन्त्रीले आफूखुसी मन्त्रालय हेरफेर गरेको भन्दै सरकार छोड्ने तयारी गरेका हुन् । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले अब सरकार छोड्नुको विबल्प नभएको बताएका छन् । 

अध्यक्ष यादव दिल्लीबाट काठमाडौं आउनासाथ सनिबारसम्ममा सरकार छाड्ने निर्णय भईसक्ने समाजवादी पार्टीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved