बानेश्वरमा पैदलयात्रीलाई सवारीले हान्यो, टाउको क्षतविक्षत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 10:43:04 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको नयाँबानेश्वरमा सवारी साधनको ठक्करबाट एक पैदलयालीको मृत्यु भएको छ । बिहान संसद भवनको १ नम्बर गेट अगाडी मर्निङवाक हिडिरहेका एक पैदल यात्रीलाई गुडिरहेको सवारीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सवारीको ठक्करबाट अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको बानेश्वर प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी भागेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । मृतकको टाउको क्षतविक्षत अवस्थामा रहेका कारण शव पहिचान हुन सकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved