टुटल र पठाओ चालकहरुलाई चिट काट्न सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 12:46:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्राफिक प्रहरीले बाइक र स्कुटी मार्फत सेवा दिँदै आएका ‘टुटल’ र ‘पठाओ’ का चालकलाई कारवाही सुरु गरेको छ । प्रहरीले प्रयोजन बिपरित सवारी चलाएको भन्दै चालकहरुलाई चिट काट्न सुरु गरेको हो

यातायात व्यबस्था विभागले गत मङ्सिर ३ गते निजि सवारीले यात्रु बोक्न नपाउने भन्दै त्यसो नगर्न सूचना निकालेको थियो । यातायात व्यवस्था ऐन–२०४९ मा निजि सवारी यातायात सेवाको लागि प्रयोग गर्न नपाइने उल्लेख छ । त्यस्तै सोहि ऐनमा नै एउटा प्रयोजनको लागि दर्ता भएको सवारीसाधन अरो प्रयोजनको लागि प्रयोह गर्न नपाउने उल्लेख छ । 

यिनै आधार देखाउदै विभागले नाम उल्लेख नगरी  टुटल र पठाओका चालकहरुलाई यात्रु नबोक्न आग्रह गरेको थियो । अहिले भने प्रहरीले यसरी यात्रु बोक्नेलाई कारवाही नै सुरु गरेको छ । आज आइतबार बिहान प्रहरीले स्वयम्भुमा एक चालकलाई चिट काटेको हो । प्रहरीले प्रयोजन बिपरित सवारी चलाएको कसुरमा चिट काटेको हो । यस अन्तर्गत २ सय देखि एक हजारसम्म जरिवाना हुने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved