राज्यमन्त्री मोतीलाल दुगड भारतीय नागरिक भएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 10:38:20 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषदमा मन्त्री बनेका उद्योगी मोतिलाल दुगड भारतीय नागरिक भएको खुल्न आएको छ।  भारतिय संचार माध्यममा दुगड भारतीय नागरिक भएको समाचार छापिएपछि यसबारे खुलासा भएको हो। 

भारतको जैन थेरापंथ न्युज डट इन मा दुगड राजश्थानस्थित फतेहपुर निवासी र बिराटनगरका प्रवासी भएको लेखेको छ। समचारमा दुगड तेरापन्थ समाजका नेपाल अध्यक्ष भएको र उनि नेपालको राज्यमन्त्री बन्नु तेरापंथ समाज र सम्पूर्ण राजस्थानवासीको लागि खुसीको बिषय भएको उल्लेख छ।        

प्रधानमन्त्री ओलीले करिब २१ महिनापछि पुनर्गठन गरेको मन्त्रिपरिषदमा दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। 

सेन्चुरीयन ग्रपका दुगडलाई एमालेले समानुपातिकबाट सांसद बनाएको थियो। उनि त्यो बेला मधेसी कोटाबाट सांसद बनेका थिए। उनी भारतबाट आएर काठमाडौँमा बस्दै अर्बपति बनेका व्यापारी हुन् ।

दुगड २०६४ सालमा सदभावना पार्टी आनन्ददेवीका तर्फबाट समानुपातिक सांसद बनेका थिए। २०७० सालमा उनले नव नेपाल पार्टी समेत खोलेका थिए। त्यो बेला उनले नव नेपाल पार्टी खोल्ने भनेर नेपालका राष्ट्रिय दैनिक पत्रिकामा गरेको पहिलो पेजमा नै गरेको बिज्ञापनले समेत चर्चा बटुलेको थियो। तर यो पार्टीले दोस्रो संविधान सभाको निर्वाचनमा १३९८ मत मात्र ल्याएको थियो। त्यसपछि दुगडले नव नेपाल पार्टीलाई एमालेमा विलय गराएका हुन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved