बर्षा र हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 08:43:25 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसम पूर्वानुमान विभागले हाल नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । विभागले सोहि प्रभावका कारणका आज देशैभर आंसिक देखि सामान्य बदलि रहि सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको बताएको छ ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान ।

मंसीर १० गते (मंगलबार)

दिउँसो: देशैभर आंसिक  देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राती: देशैभर आंसिक  देखि सामान्य बदलि रहनेछ । सुदूर-पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

 मंसीर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राती: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

 मंसीर १२ गते (बिहिबार)

दिउँसो: देशैभर आंसिक  देखि सामान्य बदलि रहनेछ ।पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

राती: देशैभर आंसिक  देखि सामान्य बदलि रहनेछ | पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved