बानेश्वरबाट मान्छे हानेर भागेको गाडी रामेछापबाट समातियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 01:29:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बिहान बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस प्रहरीले रामेछापबाट समातेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बा३ख ६१४ नम्बरको यात्रुबाहक बस रामेछापबाट पक्राउ गरेको हो ।

सिसिटिभी फुटेजबाट डाक्टरलाई ठक्कर दिने सवारी त्यही भएको किटान गरिएको प्रहरीले जनाएको छ । तर, बस चालकले भने उत्तः कुरा स्वीकार गरेका छैनन् ।

प्रहरीले गाडी र चालकमाथि अनुसन्धान सुरु गरिएको बताएको छ । तत्काललाई प्रहरीले चालकको नाम पनि सार्वजनिक गरेको छैन । काठमाडौं–रामेछाप रुटको उक्त गाडी पुरानो बसपार्कबाट रामेछापका लागि बिहान हिँडेको थियो ।

७२ वर्षीय डाक्टर प्रभु जोशीलाई आइतबार मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved