हुम्ला टिप्पर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 10:07:15 AM मा प्रकाशित

laxmi  sunrise bank

हुम्लामा टिप्पर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। हुम्लाको सिमकोट गाउँपालिका–७ नाग्मामा भएको दुर्घटनामा घाइते भएका सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको उपचारका क्रममा जिल्ला अस्पताल हुम्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।    

खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकाम सिमकोटका लागि छुटेको लु ४ ख ३२६९ नम्बरको टिप्पर दुर्घटना हुँदा नाम्खा गाउँपालिका –१ हेक्पा गाउँका नरी लामा, छिरिङ तार्मा लामा र खार्पुनाथ –१ प्यूस गाउँका बर्बजंग शाहीको ज्यान गएको थियो । घाइते ११ जनाको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved