अर्घाखाँची दुर्घटना: मृतक १९ जनाको सनाखत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 08:33:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार भएको बस दुर्घटनामा मृत्यु हुने सबै १९ जनाको सनाखत भएको छ । बुधबार अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नं को बस सन्धिखर्क नगरपालिका–६ नरपानीमा दुर्घटना भएको हो ।

ज्यान गुमाउनेमा सन्धिखर्क–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकै ५४ वर्षीय बलराम भट्टराई, सात वर्षीया मोनिका खड्का, १८ वर्षीया माया पुरी, सन्धिखर्क–२ की ५९ वर्षीया सीताकुमारी नेपाली, भूमिकास्थान–१० का ५४ वर्षका छविलाल गैरे, भूमिकास्थान–९ की ५० वर्षीया सीता घिमिरे, सोही ठाउँकै ५० वर्षीया विष्णुमाया गैरे, २२ वर्षीय शैलेश थापा, भूमिकास्थान–७ का ५१ वर्षीय मेघनाथ जैसी, सितगङ्गा नगरपालिका–१ की १४ वर्षीया मञ्जु विक, सितगङ्गा–७ कल्लेरीका ४८ वर्षीय लोकबहादुर दर्जी, सोही ठाउँकै हरिबहादुर दर्जी, सितगङ्गा–२ का ३८ वर्षीय सवारीधनी सन्तबहादुर बस्नेत, छत्रदेव गाउँपालिका–८ का ४२ वर्षीय कृष्णबहादुर सुनार, गुल्मी दाने घर भई भैरहवा गैडहा–७ बस्ने ३२ वर्षीय चालक वसन्त भनिने ओमबहादुर थापा, गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी बल २७ नं गण रुपन्देहीमा कार्यरत प्रहरी जवान २७ वर्षीय राजकुमार महत, कपिलवस्तु वाणगङ्गाका तीनमहिने बालक शोभाखर पोखरेल र वाणगङ्गा–८ चपरगाउँकी २७ वर्षीया सीता बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

बसमा सवार ३९ जनामध्ये २० जना घाइते भएका छन् । घाइते हुनेमा सन्धिखर्क–५ का ४२ वर्षीय विष्णुबहादुर अधिकारी, सन्धिखर्ककै ६० वर्षीय निमबहादुर विक, सन्धिखर्क–६ का तीन वर्षीय रिजन कुँवर, खाँचीकोटका एक वर्षीय गणेश पुरी, सन्धिखर्क–६ की २३ वर्षीया सपना कुँवर, सन्धिखर्क–२ की अमृता पौडेल भट्टराई रहेका छन् ।

यस्तै पाणिनी गाउँपालिका–७ का ३५ वर्षीय विष्णु विक, भूमिकास्थान–९ का २५ वर्षीय जीवन विक, सन्धिखर्क–५ वाङलाका ३७ वर्षीय हुमबहादुर अधिकारी, सन्धिखर्क–८ का ३२ वर्षीय कमल मुखिया, सन्धिखर्क–४ की २३ वर्षीया सरस्वती भट्टराई, सन्धिखर्क–४ कै १५ वर्षीय अङ्कित थापा, कपिलवस्तु वाणगङ्गाकी २४ वर्षीया विमला पोखरेल, तीन वर्षीय स्पर्श पोखरेल, सन्धिखर्क–१ की तीन वर्षीया एन्जिला भट्टराई, छत्रदेव–७ का १९ वर्षीय लोकनाथ पाण्डे घाइते भएका छन् ।

गम्भीर घाइतेमध्ये अधिकांशको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved