आज राजधानीका यी स्थानमा ७ घण्टा बत्ति नआउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 09:52:38 AM मा प्रकाशित

laxmi  sunrise bank

 आज मंगलबार राजधानीका विभिन्न स्थानमा ७ घण्टासम्मको लागि विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र अन्तर्गत ११ केभी ओम फिडरबाट वितरित लाइनमा बिद्युत आपूर्ति अवरोध हुने जनाएको हो  ।

प्राधिकरणका अनुसार बिहान १० बजेदेखि बेलुका ५ अजेसम्म उक्त फिडरबाट बिद्युत आपूर्ति हुने क्षेत्रहरु चक्रपथ, भाटभटेनी, चण्डोल, विशालनगर, धुम्बाराही, सुकेधारा लगायतका क्षेत्रमा बिद्युत आपूर्ति बन्द हुने छ  ।

चक्रपथ विस्तारको क्रममा रुख काटिन लागेकोले बिद्युत आपूर्ति बन्द गर्नु परेको प्राधिकरणले जनाएको छ  । यद्यपि ५ बजेसम्म भन्दा अगावै रुख कटानको कार्य सकिएमा त्यस भन्दा अगाडी नै बिद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved