प्रधानमन्त्री ओली डिस्चार्ज, कति उठ्यो अस्पताल बसाईको बिल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 04:43:30 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी १० दिन अस्पताल बसेर आज सरकारी निवास बालुवाटार फर्किएका हुन्।

प्रधानमन्त्री ओली गत १० गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । अस्पतालमा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो भने ४ पटक डायलेसीस समेत गरिएको थियो । उनी पुरै अवधीमा अस्पतालको आईसीयु थिए ।

उनको १० दिने अस्पताल बसाईको बिल साढे २ लाख बढी उठेको छ । उनको बिल  २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ ४९ पैसा उठेको अस्पतालले जनाएको छ । सबै  खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तिरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved