उपनिर्वाचनमा ६ हजार बढी मत बदर, कहाँ कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 05:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

गत मङ्सिर १४ गते भएको उपनिर्वाचनमा ६ हजार बढी मत बदर भएको छ । प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको लागि विभिन्न ५२ पदको भएको उपनिर्वाचनमा ६ हजार १ सय ९८ मत बदर भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगका अनुसार कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य–१ पदको लागि ४५,५४६ जना मतदाताले मतदान गरेकाको ६००  अर्थात् १.३२ प्रतिशत मत बदर भएको आयोगल जनाएक छ । त्यस्तै भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को १, बागलुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ को २ र दाङ जिल्ला निर्वाचन क्षेत्र नं. ३ को २ गरी जम्मा प्रदेश सभा सदस्य–३ पदको लागि मतदाता संख्या १,४८,९१८ रहेकोमा ९८,७३४ जना मतदाताले मतदान गरेका थिए । जसमध्ये सदर मत संख्या ९७,०६७ र बदर मत संख्या १,६६७ रहेकोमा बदर मत प्रतिशत १.७१ रहेको छ । 

त्यसैगरी स्थानीय तहका सदस्यतर्फ सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष–१ र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न नगरपालिका÷गाउँपालिकाका वडाअध्यक्ष–४३ गरी जम्मा ४८ पदको लागि जम्मा मतदाता संख्या २,३३,३२५ रहेकोमा १,५४,८३५ जना मतदाताले मतदान गरेका थिए । जसमध्ये सदर मत संख्या १,५२,००४ र बदर मत संख्या २,७७० रहेकोमा बदर मत प्रतिशत २.०० रहेको छ ।

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख पदको लागि मतदाता संख्या ९२,८५३ रहेकोमा ५४,८४६ जना मतदाताले मतदान गरेका थिए । जसमध्ये सदर मत संख्या ५३,७०५ र बदर मत संख्या १,१४१ रहेकोमा बदर मत प्रतिशत २.०८ रहेको छ । त्यसैगरी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदको लागि मतदाता संख्या ३,३८७ रहेकोमा २,८६९ मतदाताले मतदान गरेका थिए । जसमध्ये सदर मत संख्या २,८४९ र बदर मत संख्या २० रहेकोमा बदर मत प्रतिशत ०.७० रहेको छ । उपनिर्वाचन, २०७६ मा विगत निर्वाचनको तुलनामा बदर मत संख्या वा प्रतिशत न्यून रहेको आयोगले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved