बिजपाटी सम्बाददाता     Dec 06, 2019 | 02:02:06 PM


tansen

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरेको छ । देशलाई लोडसेडिङ मुक्त बनाउन योगदान गरेवापत घिसिङलाई १ लाख रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । 

नाष्टका सहकुलपति समेत रहेका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नाष्टको ३७ औं वाषिर्कोत्सवको अवसरमा आयोजित कार्यक्रममा घिसिङलाई पुरस्कार प्रदान गरेका हुन् ।

२०७३ भदौमा ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले मूलुकलाई लोडसेडिङ मुक्त बनाएर चर्चा बटुलेका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7