बिजपाटी सम्बाददाता     Dec 07, 2019 | 03:28:01 PM


sunrisebank ruslan

नेपाल प्रहरीले ८ जना एसपी र २१ जना डिएसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालका कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा काज सरुवा गरिएको छ ।

सर्लाहीका गोपाल चन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सुरुवा भएका छन् । सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेल जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रे र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर पठाईएको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङका राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा ल्याईएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीलाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको छ । 

डिएसपीतर्फ साईबर ब्यूरो काठमाडौंका यादव ढकाल, महानगरीय प्रहरी वृत्त बालाजुका बाल नरसिंह राणा, महानगरीय प्रहरी वृत्त थानकोटका कुमार विक्रम थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका रेवतीरमण पोखरेल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका गौतम मिश्र र प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षका शरतकुमार थापा क्षेत्रीको सरुवा भएको छ ।

एसपीः

डिएसपीः

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7