बिजपाटी सम्बाददाता     Dec 08, 2019 | 09:58:56 AM


tansen

चीनको सियानमा सुरु भएको शिल्क रोड व्यवसायिक सम्मेलनमा भाग लिन नेपालको निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा पुगेकी छन् । शिल्क रोड चेम्बर अफ कमर्शले आयोजना गरेको सम्मलेनको ‘प्रोजेक्ट एण्ड द सस्टेनेवल डेभलपमेन्ट अफ बेल्ट एण्ड रोड इनिसियटिभ’ विषयक सत्रमा  बोल्दै अध्यक्ष राणाले चीन र समग्र दक्षिण एसियाकै व्यवसायिक हवको रुपमा नेपाल विकसित हुन चाहेको बताएकी छिन् । 

दुई सशक्त आर्थिक शक्तिराष्ट्रका बीचमा रहेका कारण पनि नेपाल व्यवसायिक हब बन्न सक्‍ने राणाको भनाई छ । उनले बिआरआई मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति पर्यटनमा लगानी गरी लाभ उठाउन सक्ने उल्लेख गरिन् । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउन थालेको बताउँदै अध्यक्ष राणाले नेपालमा पर्यटनको क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै लगानी गर्न आग्रह गरिन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7