दुर्घटनामा ग्लोबल आईएमई बैंकका शाखा प्रवन्धकको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 06:19:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कपिलवस्तुको वाणगंगामा कार दुर्घटना हुँदा १ जनाको मुत्यू भएकोे छ । वाणगंगा नगरपालिका वडा नं. ८ बोर्डगाउँ चोक नजिकै पश्चिमतर्फ बाट आईरहेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा सुरेश पाण्डेको मृत्यु भएको हो। कपिलवस्तु नगरपालिका–९, हरनामपुर निवासी उनी  ग्लोबल आई.एम.ई. बैंक वनगाई शाखाका प्रवन्धक हुन् । 

दूर्घटनामा ४ जना घाईते भएका छन् ।  कार तिब्र गतिमा रहेकोले विद्युत पोलमा ठक्कर खाई दुर्घटना भएको प्रहरीको आशंका छ । पाण्डेले सो कार आफै चलाएको बुझिएको छ ।  कार भने क्षतविक्षत अवस्थामा छ । अन्य घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved