विद्युतिय स्कुटरको बिक्रि सुरु, ६ घण्टा चार्ज गर्दा सय किलोमिटर गुड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 06:41:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवामा बिद्युतिय स्कुटरको बिक्रि सुभारम्भ भएको छ ।  त्रिशक्ति मोटर ईन्टरप्राईजेज प्रालीले भैरहवामा बिक्रि शुभारम्भ गरेको हो । ५ जना युवाहरुको सक्रियतामा नेपालका लागि आधिकारिक बिक्रेता एच जि मोटर प्रालीले रन यान ब्राण्डको बिद्युतिय स्कुटरको नेपाल भित्र्याएको हो।

 सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबहाक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले शो रुमले उद्घाटन गरेका हुन् । तीन बटा मोडलमा उपलब्ध स्कुटरको बजार मुल्य १ लाख ४० हजार ५ सय देखि १ लाख ६५ हजार ५ सय रहेको एच जि मोटर प्रालीका संचालक हरि टण्डनले जानकारी दिए । ती स्कुटर १ सय २५ सिसि देखि १ सय ५० सिसि सम्ममा उपलब्ध रहेको छ ।  ६ घण्टा देखि ८ घण्टा चार्ज गरेपछि १ सय किलोमिटर सम्म कुदाउन सकिने एच जि मोटर प्रालीका कार्यकारी अधिकृत निर्मल कुमार श्रेष्ठले जानकारी दिए । 

५ जनाको समुहमा सरद अधिकारी, निर्मलकुमार श्रेष्ठ, हरि टण्डन, गोपाल कार्की र बसन्त थापा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved