बिजपाटी सम्बाददाता     Dec 09, 2019 | 07:40:28 PM


sunrisebank ruslan

तपाईको गाडी नम्बर जोर की विजोर ? यदी बिजोर छ भने मंगलबार  गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् । जोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्दै नगर्नुहोस् । किन की, दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) को समापन हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खेल समापन हुने भएको र त्यसको लागि नेपालका विशिष्ट व्यक्तिहरु दशरथ रंगशाला पुग्ने साथै विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका कारण हुनसक्ने ट्राफिक चुनौतीलाई ध्यानमा राखेर प्रहरीले जोर नम्बरका गाडी मात्रै चलाउन भनेको छ ।  “खेलकूद प्रतियोगितालाई शान्तिपूर्ण र भयरहित बनाउन तथा यातायत व्यवस्थापनमा समस्या नहोस् भनेर जोर–बिजोर प्रणाली लागू गरिएको हो, मंगलबार जोर नम्बरका गाडी मात्रै चलाउन पाइन्छ, त्यही पनि अत्यावश्यक भएमा मात्रै, नत्र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ”, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने । प्रतियोगिता उद्घाटनको दिन बिजोर नम्बरका गाडी मात्र चलेका थिए । सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीका लागि भने यो नियम लागू हुने छैन । जथाभावी रुपमा बाटो नकाट्न र हर्न नबजाउनसमेत प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ ।  

सन् १९८४ मा पहिलो पटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रो पटक साग आयोजना गरिएको थियो । झण्डै दुई दशकपछि नेपालले तेस्रो पटक साग आयोजना गरेको हो। आगामी प्रतियोगिता भने पाकिस्तानमा हुने भएको छ ।




 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7