साग समापनको लागि सुरक्षा ब्यबस्था कडा, यस्तो छ प्रवेश गेट र पार्किङको नियम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2019 | 09:54:23 PM मा प्रकाशित

laxmi  sunrise bank

जारी १३ औ दक्षिण एशियाली खेलकुदको समापन समारोह तथा फुटबल फाइनल खेल हेर्न जानेहरुका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारि गरेको छ। 

महाशाखाले मङ्सिर २४ गते हुने सागको समारोह तथा फुटबल फाइनल खेल हेर्न टिकेट काटेका सबैलाई दशरथ रंगशालाको मुलगेट प्रयोग नगरी शहिद गेट नेरको नेपाल आर्मी अफियर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गरिदिनलाई अनुरोध गरेको छ। त्यस्तै महाशाखाले आफ्नो सवारी साधनलाई काठमाडौं मल अगाडिको टुडिखेलमा मात्र पार्किङ गरिदिनलाई समेत आग्रह गरेको छ। टिकट काटेकाहरुले २:३० बजे भित्र रंगशाला प्रवेश गरि सक्नु पर्ने छ । 

प्रहरीले साग समापनको लागि सुरक्षा ब्यबस्था कडा पारेको छ ।  समापन समारोहमा उपप्रधानमन्त्री इश्वर पोखरेल प्रमुख अतिधि हुने छन् भने  प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देशबाट सम्बोधन गर्नेछन्।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved