संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते, प्राथमिकतामा सभामुख चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 06:20:05 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदको हिउँदे अधिवेशन पुष ४ गतेका लागि डाकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुष ४ का लागि आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयले आज (मङ्सिर २४) एक विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ।

अधिवेशनको महत्वूर्ण कार्यसूचिका रुपमा सभामुखको चयनलाई लिइएको बताइएको छ। सभामुखलाई लिएर बिभिन्न नामहरुको चर्चा हुन् थालेको छ। पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङ सभामुख बन्ने बिषय बजारमा चर्चा छ। तर उप सभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुख पद कुनै हालतमा नछाड्ने बताउँदै आएकी छिन्। यता सभामुखमा पूर्व माओवादीका तर्फबाट देव गुरुङ र अग्नि सापकोटाको नाम पनि चर्चामा छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved