प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटार बोलाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 06:40:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले साग समापनका अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले बुधवार खेलाडीहरुलाई बालुवाटार बोलाएको जानकारी दिए। प्रधानमन्त्री ओलीले सागमा पदक जित्ने खेलाडीलाई पुरस्कार घोषणा गर्ने तयारी रहेको उनले बताए।

मंगलबार साग समापनका अवसरमा भिडियो सन्देश दिँदै उनले भूकम्पले क्षतिग्रस्त संरचना तयार पारेर साग आयोजना गर्नु ठूलो सफलता भएको बताए । दक्षिण एसियाली देश र जनताबीच एकता, मित्रता अभिवृद्धि गर्ने उदेश्यलाई सागले सफलतापूर्वक पूरा गरेको प्रधानमन्त्री ओलीले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved