मानव विकास सूचकांकमा नेपाल एक स्थानमाथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 06:59:34 PM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांकमा नेपाल एक स्थान माथि उक्लिएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार नेपालमा सार्वजनिक गरेको प्रतिवेदन २०१९ अनुसार नेपाल १ सय ४८ औं स्थानबाट एक स्थानमाथि उक्लिएको हो।

खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औषत आयुलाई आधार मानेर निकाएको मानव विकास सूचकांकमा नेपालले सन् १९९० देखि २०१८ सम्म औसतः भ्यालु क्रमशः वृद्धि गरिरहेको छ। प्रतिवेदन मंगलबार काठमाडौंसहित सात वटै प्रदेशमा एकसाथ सार्वजनिक गरिएको हो ।

मानव विकास सूचकांकका आधारमा नेपाल मध्यमस्तरको देशका रुपमा रहेको छ । नेपाल र केन्या समान स्थानमा रहेका छन् । प्रतिवेदनमा विश्वभरका देशहरुलाई १ सय ८९ स्थानसम्म वर्गिकरण गरिएको छ । त्यसमध्ये नेपाल अतिकम मानव विकास सूचकांक भएका मुलुकभन्दा एक कदम मात्र माथि छ ।

सूचीअनुसार १ सय ५३ औं स्थानसम्म रहेका मुलुकलाई मध्यमस्तर मानिएको छ भने त्यो भन्दा तल रहेका मुलुकहरु कमजोर मानव विकास भएका छन् । १ सय ५३ औं स्थानमा सोलोमन आइल्याण्ड रहेको छ । मानव विकास सूचकांकमा सबैभन्दा अग्रस्थानमा भने नर्वे रहेको छ । स्वीट्जरल्याण्ड, आयरल्याण्ड, जर्मनी, हङकङ, अष्ट्रेलिया, आइसल्याण्ड, स्वीडेन र सिंगापुर पहिलो १० नम्बरमा रहेका छन् ।

नेपालको मानव विकास सूचकांक मूल्य पछिल्लो ३ दशकमा न्यूनतम ०.३८० देखि ०.५७९ अर्थात् औसत ०.५२६ ले वृद्धि भएको छ । सन् २०९० देखि २०१८ सम्म नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको वृद्धि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved