पश्चिमी वायु नेपाल प्रवेश गर्दै , बुधबार रातिबाट हिमपात र बर्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 09:06:39 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले बुधबारबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार  हाल पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको छ। यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने विभागले जनाएको छ ।

विभागले भनेको छ ' यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ। यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ।' 

हेर्नुस विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान :

मंसीर २५ गते (बुधबार)

दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ साथै उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ।

राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही पश्चिमि भु-भागका  थोरै स्थानहरु र मध्य तथा पूर्वका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ पश्चिमि उच्च पहाडि तथा हिमालि भु-भागका केहि स्थानहरुमा र मध्य तथा पूर्वि उच्च पहाडि तथा हिमाली भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ ।

मंसीर २६ गते (विहिबार)

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात    तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात   तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने संभाबना रहेको छ ।

 

मंसीर २७ गते (शुक्रबार)

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात    तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात  तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने संभाबना रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved