बिहिबार सार्वजनिक विदा हो कि होइन ? यस्तो भन्छ गृह मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 04:07:51 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले मङ्सिर २६ गते बिहिबार  सार्वजनिक विदा नभएको  स्पष्ट पारेको छ । मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले बिहिबार  परेको पर्व मनाउने समुदायलाई मात्र विदा हुने र अन्यलाई विदा नभएको  बताएका हुन् । बिहिबार  किराँत जातिको उभौली पर्व, नेवार समुदायको योमरी पुर्णिमा र ज्यापू दिवस रहेको छ । यी पर्व मनाउनेको लागि विदा भएको र अन्यलाई बिदा नभएको उपसचिव अधिकारीले बताएका हुन् ।

नेपाल राजपत्रमा पनि मङ्सिर २६ गते बिहिबार को दिनलाई 'सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि मात्र सार्वजनिक विदा हुने' अन्तर्गतमा उल्लेख गरिएको छ । 

उपसचिव अधिकारीले सबैलाई सार्वजनिक विदा दिने सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेका हुन्  ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved