नेपाल छिर्यो भारी हिमपात गराउने मौसमी प्रणाली, सतर्क रहन आग्रह

देशभर चिसो बढ्ने, पहाडी भेगमा बर्षा हुने
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2019 | 06:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 बुधबार साँझ पश्चिमी भुभागबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी इरान र अफगानिस्तानमा विकसित भएको पश्चिमी वायुको प्रणाली नेपाल प्रवेश भई पूर्व सर्ने क्रममा रहेको विभागले जनाएको हो।

विभागले बुधबार साँझ बुलेटिन निकाल्दै यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । विभागले भनेको छ ' यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ।'

विभागका अनुसार बुधबार बाट शुरू भई यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ। उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने  पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन विभागले आग्अरह गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved