नेपाल छिर्यो पश्चिमी वायु, यी स्थानमा बर्षा र हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 09:17:28 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार साँझ पश्चिमी भुभागबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्वी इरान र अफगानिस्तानमा विकसित भएको पश्चिमी वायुको प्रणाली नेपाल प्रवेश भई पूर्व सर्ने क्रममा रहेको विभागले जनाएको हो। विभागले यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । 

हेर्नुस विभागले गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान :

मंसीर २६ गते (विहिबार)

दिउँसो: देशको पश्चिमी भुभागमा सामान्य देखि पूर्ण वदली साथै मध्य तथा पुर्वी भुभागमा सामान्य बदली रहनेछ। पश्चिम भेगका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी तथा मध्य भेगका धेरै स्थानहरुमा साथै पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ ।

मंसीर २७ गते (शुक्रबार)

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ।

राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिमी भेगका धेरै स्थानहरु साथै मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ।

मंसीर २८ गते (शनिबार)

दिउँसो: देश भर आंसिक देखि सामान्य वदली रही मध्य तथा पुर्वका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राती: देशको पश्चिमी भुभागमा आंसिक देखि सामान्य वदली साथै मध्य तथा पुर्वी भुभागमा आंसिक बदली रहनेछ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved