बिजपाटी सम्बाददाता     Dec 12, 2019 | 06:03:35 PM


sunrisebank ruslan

भाटभटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा सञ्चालनमा आएको छ ।सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङ्गले १७ औं स्टोरको उद्घाटन गरेका हुन ।

भैरहवाको सिद्धार्थनगर ७ स्थित नयाँ सडकमा भाटभटेनीको १७ औं स्टोर सुरुभएको हो । स्टोरले शुभारम्भको अवसरमा सबै सामानमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । चिनी खरिद गर्नकै लागि नेपालीहरु सुनौली जाने गरेको मध्यनजर गर्दै स्टोरले रु ५९ प्रति केजी नेपाली चिनी उपलब्ध गराउने जानकारी गराएको छ।  स्टोरले भैरहवामा भारतीय बजारमा भन्दा शुलभ दरमा सामग्री उपलब्ध गराउने बताएको छ । भाट–भटेनीको रुपन्देहीमा यो दोस्रो शाखा हो । यस आघि रुपन्देहीकै बुटवलमा आफ्नो १३ औं स्टोर सञ्चालनमा ल्याइसकेको छ । 

स्टोरमा चाडै नै फुडकोर्ट तथा मल्टी प्लेक्स सिनेमाहल लगायतका सेवाहरु समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7