चन्द्रागिरीमा हिउँ पर्न थाल्यो (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 12:27:29 PM मा प्रकाशित

laxmi  sunrise bank

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशक विभिन्न स्थान हिमपात हुँदा काठमाडौँ नजिकको चन्द्रागिरीमा पनि हिउँ परेको छ । शुक्रबार बिहान चन्द्रागिरीमा हिउँ परेको हो । बिहान हलुका हिउँ परेको तर बेलुकासम्म बाक्लो र धेरै हिउँ पर्ने अनुमान गरिएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ  ।

जल तथा मौसम विज्ञान विभागले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगु, जाजरकोट, मुस्ताङ लगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने विभागले जनाएको छ । 

हेर्नुस चन्द्रागिरीमा परेको हिउँ :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved