भिम रावलको प्रश्न, ‘आफ्नो देशको नक्सा बनाउन सरकारलाई कसले रोक्यो ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 02:10:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले आफ्नो भू–भाग समेटेर नक्सा तयार गर्न सरकारलाई कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले प्रतीक चिन्हमा समेत सबै नेपाली भूमी नसमेटिएको भन्दै प्रतीक चिन्ह बनाउनेलाई समेत कारबाही गर्न माग गरे । 

‘प्रतीक चिन्हमा हाम्रो भूभाग किन नराखेको ? प्रतीक चिन्हका निर्माता को हुन् ? छानविन गरेर कारवाही गर्नु पर्छ ?’ उनले भने । गृहमन्त्री रामबहादुर थापा र भूमिव्यवस्था मन्त्री पद्मा अर्याल समेत सहभागी बैठकमा रावलले सोधे, ‘भारतले आफ्नो नक्सा सार्वजनिक गर्दा हामीले चाहिँ किन नगरेको ?, आफ्नो जमिन राखेर नक्सा बनाउन सरकारलाई कसले रोक्यो ?’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved