धनुषा विष्फोटः २ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2019 | 03:14:53 PM मा प्रकाशित

laxmi  sunrise bank

धनुषा बम विष्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा ३ जनाको ज्यान जाने गरी बम विष्फोट भएको थियो । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले पक्राउ गरेका २ जनामध्ये १ जना प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव समूहका कार्यकर्ता रहेको बताईएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहका अनुसार २ पक्राउ गरिएपनि उनीहरुको थप पहिचान भने गोप्य राखिएको छ । महेन्द्रनगरस्थित राजेश साहको घरको गेटमा राखिएको बम विष्फोट हुँदा साह र उनका छोरा आनन्दसहित प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved