सस्तियो प्याज, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2019 | 03:32:48 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ प्याजको आयात बढेपछि नेपालमा प्याजको भाउ सस्तिन थालेको छ । गत असोजमा भारतले विदेशमा प्याज निर्यात रोक लगाउने नीति लिएपछि नेपालमा प्याजको भाउ अकाशिएको थियो । गैरकानुनी रूपमा नेपालमा प्याज पठाएको भन्दै भारत सरकारले व्यापारीलाई कारबाही गरेपछि भारतबाट प्याज आउन बन्द भएको छ । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक ४० देखि ५० टन चिनियाँ प्याज आउन थालेको जनाएको छ । समितिका अनुसार भारतबाट आउँदासम्म प्रति किलोग्राम १८० रुपियाँमा कारोबार भएको प्याज अहिले चीनबाट आउन थालेपछि १४० रुपियाँमा झरेको छ । समितिका कार्यकारी निर्देशक तेजेन्द्र पोडेलले प्याजको भाय अब विस्तार घट्ने दाबी गरेका छन् । नेपालमा खपत हुनेमध्ये २ प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी ९८ प्रतिशत माग भारत र चीनबाट आयात गरेर धान्नुपरेको अवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved