सिन्धुपाल्चोक दुर्घटना: मृतक १५ मध्ये १२ जनाको सनाखत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 05:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै आज बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा२ख ४४६८ नंको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म १२ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का सुकबहादुुर तामाङ्ग, जुुगल ६ का ७ वर्षकी सविना तामाङ्ग, जुगल ७ का रेशमा तामाङ्ग र १५ महिनाकी बालिका रोशनी तामाङ्ग, दोलखा भिमेश्वर नगरपालिकाका अन्दाजी ३७ वर्षकी जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षकी मञ्जु तामाङ र ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का महेश तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ की ३५ वर्षीया कुलमाया तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखा गाउँपालिका ४ की ५५ वर्षीया गंगामाया लामा, काभ्रेको बेथानचोक गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री र भक्तपुर सूर्यविनायक नगरपालिका-८ का ३२ वर्षीय चिनु बस्नेत रहेका छन्।

दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौँको ह्याम्स अस्पताल र केएमसी , काभ्रेको धुलिखेल अस्पताल तथा सिन्धुपाल्चोकको सिन्धु सदाबहारलगायतका अस्पतालहरुमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved