धुलो दूध उत्पादन गर्न दुई स्थानमा ठूला प्लान्ट बनाउदै डीडीसी

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

Dec 16, 2019 | 09:52:41 AM मा प्रकाशित

laxmi  sunrise bank

दुग्ध विकास संस्थान (डीडीसी)ले प्रदेश ५ को बुटवल र नेपालगञ्जमा दूध प्रशोधन प्लान्ट निर्माण थालेको छ । धुलो दूध उत्पादन गर्ने योजनासहित नेपाल सरकारको लगानीमार्फत संस्थानले दुई वटा ठूला प्लान्ट बनाउन लागेको हो ।

दुग्ध विकास संस्थानका  महाप्रबन्धक बैकुण्ठ अधिकारीले प्रदेश ५ का दुई स्थानमा प्लान्ट निर्माणका लागि डीपिआर बनिरहेको जानकारी दिए । डीडीसीले बजार विस्तारका लागि प्रदेश ५ सहित अन्य क्षेत्रमा पूर्वाधार विकास र क्षमता विस्तारका काम थालेको छ । बुटवलमा नेपाल सरकारबाट प्रतिघण्टा ५ हजार लिटर क्षमताको युएचटि प्लान्टका लागि डीपिआर बनाईने बताए । नेपालगञ्जमा दैनिक १ लाख लिटर क्षमताको धुलो दूध कारखानाको पनि डीपिआर बनिरहेको उनको भनाई छ।

डीडीसीले दूध संकलनको बजार विस्तारसंगै धुलो दूध बनाउने योजनालाई प्राथमिकताका साथ अघि बढाएको छ । अहिले बिराटनगरमा मात्रै धुलो दूध बनाउने कारखाना सञ्चालनमा रहेको छ । सो कारखानालाई दैनिक ३ मेक्ट्रिक्टनबाट ६ मेक्ट्रिक्टनमा क्षमता विस्तार गरिएको छ।

 प्रदेश ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले डीडीसीलाई नाफामा लैजाने गरी काम गर्नुपर्ने बताएकी छिन्  । किसानले दूध बिक्री गर्ने सुनिश्चितताका लागि डीडीसी नै उपयुक्त विकल्प भएको भन्दै त्यसका लागि बजार विस्तारको योजना बनाउन उनले आग्रह गरिन् । मन्त्री पौडेलले डीडीसीलाई प्रदेश मातहतमा राखेर काम गर्न आफूहरुले चाहेको बताइन ।

 ‘डीडीसीलाई प्रदेश मातहत रहोस् भन्ने हाम्रो चाहाना छ –यसो हुन सक्यो भने दूधमा प्रदेश आत्मनिर्भरताको अभियान सुरु हुन्छ ।’ उपभोक्ताको स्वास्थ्यका लागि खुला दूध बिक्री गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै जसका लागि सचेतना जगाउन आवश्यक रहेको बताइन । उपभोक्तामा सिधै बिक्री हुने करिव ८० प्रतिशत दूधलाई प्रशोधन गरेरै मात्रै बिक्री गर्नुपर्ने उनको भनाई छ ।

प्रदेश ५ को पशुपंक्षी विकास महाशाखाका प्रमुख डा. प्रदीप शर्मा पौडेलले प्रदेश ५ दूध उत्पादनमा अग्रणी रहेको बताए । उनले दूध उत्पादनलाई वृद्धि गर्नका लागि प्रदेश सरकारले अनुदान दिइरहेको वताए । गत आर्थिक वर्षमा १० वटा मिल्क ट्रयाक्टरसहित करिव ३२ वटा सवारीसाधन कृषि उपज तथा दूध ढुवानीका लागि अनुदान दिइएकोे बताए ।

 डीडीसीलाई ९ हजार लिटरका दुई वटा ट्यांकर समेत दिइएको उनले बताए । दूध उत्पादनको लागत घटाउँदै जानुपर्ने उनले बताए । किसानले बिक्री गर्ने दूधको मुल्य र उपभोक्ताले खरिद गर्ने मूल्यको अन्तर घटाउन आवश्यक रहेको उनले बताए । प्रदेश ५ को पशुपंक्षी, तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसीराम भण्डारीले प्रशोधित दूध नखाने प्रवृत्ति अन्त्य गरेमात्रै डीडीसीले बजार पाउने बताए । 

त्यसका लागि खुला दूध बिक्री गर्न कडाई गर्नुपर्ने र उपभोक्तालाई प्रशोधित दूधको विषयमा सचेतना दिनुपर्ने बताए । नेपाली प्रशोधन दूधलाई अन्तराष्ट्रिय मापदण्डको बनाउँदै आयातलाई घटाउने रणनीति बनाउनुपर्ने बताए । डीडीसीले गत वर्ष ३ करोड ९ लाख नाफा आर्जन गरेको उनले बताए । तर चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भने करिव साढे तीन करोड नोक्सानमा रहेको महनप्रबन्धकले  बताए । कर्मचारीको तलब वृद्धि, चाडवाड खर्च र कच्चा दूधको संकलनमा कमी आउँदा नाफा नभएको उनले बताए । 

डीडीसी सञ्चालक समिति अध्यक्ष वसन्त गिरीले बजार विस्तार गर्ने योजना अघि बढाइएको बताए । प्रर्याप्त दूध उत्पादन हुने प्रदेश नम्बर ५ कै पहाडी जिल्लामा संस्थान पुग्न नसकेको भन्दै ती क्षेत्रसहित अन्य क्षेत्रमा बजार विस्तार गरिने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved