घर मै बसेर एसईईको तयारी, डिशहोमले टिभी मार्फत ३ विषय पढाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 06:21:33 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि एसईइ तयारी कक्षा प्रसारण गर्ने भएको छ । यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् हुनेछ । यो कक्षामा विद्यार्थीहरुले घरमा बसी बसी अँग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन । । 

डिशहोमको शोकेस २ च्यानलमा मात्र प्रसारण गरिने यो तयारी कक्षा यही पुष १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुने कम्पनीले जनाएको छ । जस अनुसार अँग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ र तीनै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३०,र २ः३० बजे र र साँझ ६ः३०, ७ः३० र ८ः३० बजे पुनः प्रसारण हुनेछन् ।

यसरी पुनः प्रसारणको व्यवस्था गर्नाले विद्यार्थीहरुले छुटेको विषयलाई पुनः अध्ययन गर्न सक्ने अथवा नबुझेको विषयलाई फेरि हेरेर मनन गर्न सक्नेछन् भन्ने डिशहोमको विश्वास रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved