को आउला नेपालका लागि नयाँ भारतीय राजदूत ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 03:14:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीको कार्यकाल सकिएको छ । राजदूत पुरीले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर बिदाई भेट गरिसकेका छन् । योसँगै अब भारतले राजदूतको रुपमा कसलाई पठाउँला भन्ने चर्चा सुरु भएको छ । 

सन् २०१७ को मार्च २५ मा नेपालको लागि भारतको राजदूत बनेर आएका पुरीको कार्यकाल यही डिसेम्बर ३१ बाट सकिँदैछ । उनी पौष १५ गते स्वदेश फर्कने छन् । त्यसअघि उनले पौष १ गते बिदाई भोजको पनि आयोजना गर्ने भएका छन् । 

को आउला नयाँ राजदूत ?

पुरीको कार्यकाल सकिन लागेसँगै नयाँ दिल्लीमा नेपालमा कसलाई राजदूत बनाएर पठाउने भन्नेबारे बहस सुरु भएको छ । दिल्ली स्रोतले जनाए अनुसार हाल सिंगापुरका लागि भारतका हाइकमिसनर जाभेद अस्रफ नेपालको लागि राजदूत बनेर आउने सम्भावना छ । उनीसँगै नेपालमा भएको २०६२–६३ को आन्दोलनका बेला दूतावासमा प्रेस एण्ड कल्चर सचिवको रुपमा काम गरेका गोपाल बागले र सो भन्दा पनि अघि दूतावासमा प्रेस एण्ड कल्चर रहेका अखिलेश मिश्रको पनि सम्भावना बलियो छ । 

यी सम्भावित नाम बाहेक अन्यलाई पनि भारतले राजदूतको रुपमा पठाउन सक्ने छ । तर यसबारे भारतले हालसम्म औपचारिक जानकारी पठाईसकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved