टुटल र पठाओ रोक्ने अर्को प्रयास विफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 03:36:36 PM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा संघले टुटल, पठाओलगायत राइड शेयरिङ कम्पनी विरुद्ध दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

निजी सवारीमा यात्रु बोक्ने कम्पनीहरुलाई रोक लगाउनुपर्ने माग सहित दायर गरेको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सोमवार न्यायाधीश प्रभा बस्नेत र शान्ता सेढाई सापकोटाको इजलाशले टुटल र पठाओलगायत राइड शेयरिङ सेवा नरोक्न आदेश दिएको हो।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा संघले मंसिर २० गते पाटन उच्च अदालतमा दायर गरेको रिटमा अदालतले सोमवार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । अन्तरिम आदेश नदिएपनि उच्च अदालतले टुटल, पठाओ, यातायात व्यवस्था विभाग तथा ट्राफिक प्रहरी महाशाखासँग लिखित जवाफ भने माग गरेको छ ।

यता राइड शेयरिङ कम्पनीहरूको संख्या बढेसँगै यातायात व्यवस्था विभागले ‘संघीय सवारी तथा यातायात ऐन’को मस्यौदा तयार पारेको छ । ‘राइड शेयरिङ’ सेवालाई कानूनी दायरामा ल्याउने गरी मस्यौदा तयार गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved