सडक मै अण्डा फुटाएर प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 08:35:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले आज भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन् । अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेष्टहाउस चौरबाट शुरु भएको विरोध प्रदर्शन चौबिसकोठीमा पुगेर अण्डा फुटाएर टुङ्गिएको थियो । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फोरेको अण्डा उत्पादक सङ्घका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए  । उनले बिचौलिया आफैँले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँचजना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिए ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय परिसरअगाडि गेष्टहाउस चौरबाट चौबिसकोठीसम्म नाराबाजी गर्दै ¥यालीसमेत निकालेका थिए । उनीहरुले ‘किसानमारा बिचौलिया मुर्दावाद’, ‘अण्डा उत्पादक किसानमाथिको हस्तक्षेप बन्द गर’, ‘देशभरिबाट गिरफ्तार किसान तुरुन्त रिहा गर’ लगायतका नारा लगाएका थिए । चितवनमा करिब ४०० जना अण्डा उत्पादक किसान रहेका छन् । केही दिनअघि पोल्ट्री व्यवसायी मञ्चमा तोडफोड गरेको अभियोगमा कुखुरा पाल्ने पाँचजना कृषकलाई प्रहरीले पक्राउ गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved