पृथ्वी जयन्तीमा नगरपालिकाले दियो सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2019 | 10:49:00 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखाको गोरखा नगरपालिकाले पृथ्वी नारायण शाहको जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वी जयन्तीको दिन पौष २७ गते नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरप्रमुख राजनराज पन्तका अनुसार नगरपालिका, वडा कार्यालय, नगरपालिका अन्तर्गत रहेका सरकारी कार्यालयसहित विद्यालयहरु बन्द हुनेछन् । गोरखालाई  नेपाल एकिकरणको उद्धमस्थलका रुपमा चिनिन्छ । गोरखाबाटै पृथ्वीनारायण शाहाले नेपाल एकिकरणको सुभारम्भ गरेकाले उनको जन्मजयन्ती उनीप्रति सम्मान र उत्सवको रुपमा मनाउन बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved