हेम बहादुर मल्ल पुरस्कार कुलमान घिसिङ र डा. रुइतलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 05:30:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतले हेम बहादुर मल्ल पुरस्कार पाउने भएका छन । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसनले उक्त पुरस्कार घिसिङ र रुइतलाई प्रदान गर्ने घोषणा गरेको हो । 

उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गरेको र डा. सुन्दुक रोइतलाई आँखा रोग विशषेज्ञका रुपमा सम्मानित गर्न गईरहेको कर्पोरेसनले जनाएको छ । उक्त पुरस्कार यहि पुष ११ गते शुक्रबार प्रदान हुनेछ ।

कर्पोरेसनका पुर्व महाप्रबन्धक हेम बहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ रहेको छ । साथै सोही वर्षदेखि उक्त पुरस्कारबाट दुई जर्ना विशेष व्यक्तित्वहरुलाई सम्मानित गर्दै आएको छ । स्व. मल्लले कर्पोरेसनमा करिब २५ वर्ष महाप्रबन्धकको रुपमा काम गरेका थिए ।

सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको यस पुरस्कारको छनोट समितीमा डा हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनी जोशी र केदार खड्का सदस्य रहेका थियो । यस अघि उक्त  पुरस्कारबाट डा. विमल कोईराला, अम्बिका श्रेष्ठ, खिलराज रेग्मी, उमेश मैनाली, देवेन्द्र राज पाण्डे, चादनी जोशी, केदारभक्त माथेमा, सुरेशराज शर्मा, महाविर पुन लगायत ११ जना सम्मानित भइसकेका छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved