विमान दुर्घटनाको हल्ला फैलिएपछि यसो भन्छ विमानस्थल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 01:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोलरले सबै विमानहरु टावरसँगको सम्पर्क मै रहेको जनाएको छ मकवानपुरमा विमान दूर्घटना भएको हल्ला सामाजिक संजालमा फैलिएपछि विमानस्थलले आफ्ना सबै विमान सम्पक मै रहेको र दुर्घटनाको कुनै जानकारी नआएको बताएको हो 

मकवानपुरको बकैया र मकवानपुरगढी गाउँपालिकाको सीमानामा धुवाको मुस्लो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि  इलाका प्रहरी कार्यालय ठिंगन र चौघडा प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको छ । त्यस स्थानमा पैदल नै जानु पर्ने र त्यहाँ पुग्न करिब ३ घण्टा लाग्ने भएकोले के कारणले धुवाको मुस्लो देखिएको हो, अहिले नै भन्न नसकिने प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved