चितवन पुगेर प्रचण्डले भने, ‘क्रिकेट रंगशाला बनाउन पैसा उठाऔँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 05:03:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । चितवनको रामपुरमा निर्माणाधिन रंगशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र सरकारले रंगशाला निर्माणमा अवश्यक सहयोग गर्ने बताएका छन् ।

कलाकार सिताराम कट्टेल (धुर्मुश)को अगुवाईमा बनिरहेको रंगशाला अवलोकन पश्चात प्रचण्डले भने, ‘समयमै सम्पन्‍न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ ।’ प्रचण्डले चितवनवासीलाई मन फुकाएर सहयोग गर्न आग्रह समेत गरे । उनले धुर्मुशलाई सबै जिल्लामा समिति बनाएर सहयोग संकलन गर्न समेत सुझाव दिए । राष्ट्रिय गौरवको आयोजना भएका कारण देशबासीले नै सहयोग गर्नुपर्ने प्रचण्डको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved