नेपाल र एमसीसीबीचको सम्झौता घातकः नेता रावल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 05:38:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले आफू अमेरिकी सहयोग लिन नहुने पक्षमा नरहेको पनि स्पष्ट पार्दै भने, ‘मैले अमेरिकी सहयोग लिनुहुँदैन भनेको होईन, तर सहयोग लिँदा आफ्नो देशको हित, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्दै अघि बढ्नुपर्छ ।’

नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसीबीच सम्झौताको विषयमा आफूले पटक–पटक धारणा राखेको बताउँदै सहयोग नलिए अमेरिकासँगको सम्बन्ध नै बिग्रने भन्दै ब्याख्या गरिएको बताए । ‘परराष्ट्र नीति नमानेर देशको स्वाधिनता, स्वतन्त्रता र अखण्डतालाई नै नगरे विश्वसनियतामात्रै होईन देशको अस्तित्व नै गुम्ला नि ? यतातर्फ ध्यान दिएको छ कि छैन यसो भन्नेहरुले ?’ उनले प्रश्न गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved