फेरी भारी हिमपात र बर्षा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 07:50:45 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम पूर्वानुमान विभागले आगामी केहि दिन बर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। भारतको जम्मु-कश्मिर माथि रहेको पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्ने क्रममा रहेको यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज अबेर रातीसम्ममा प्रवेश गर्ने विभागले जनाएको छ।

विभागका अनुसार यस प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपात हुने सम्भावना छ। त्यस्तै यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार उक्त प्रणालीका कारण बुधबार र बिहिबार देशैभरी बदली भई तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण बुधबार र बिहिबार देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ। यो प्रणालीले शुक्रबार समेत बर्षा/हिमपात गराउने सम्भावना छ।

उच्च पहाडी र हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्का देखि मध्यम वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले विभागले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved