‘सन् २०२० प्रगतिको वर्ष बनोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 10:30:59 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष सन् २०२० प्रगतिको वर्ष बन्न सकोस् भन्ने कामना गरेका छन् । नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले सन् २०२० नेपाल भ्रमण वर्ष समेत रहेकाले लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने उल्लेख गरेका छन् । उनले वर्ष सन् २०२० स्वदेश र विदेशमा रहेका नेपालीका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् ।

सन् २०१९ नेपालको राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, अन्तरराष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा मित्र राष्ट्रका प्रमुखहरुलाई ऐतिहासिक रुपमा नेपालमा स्वागत गर्न पाएको भन्दै खुशी समेत व्यक्त गरेका छन् । 

व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान माथि पुगेको, आयात प्रतिस्थापन गर्दै निर्यातमा केही वृद्धि गर्न सफल भएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved